Thursday 2 May 2013

प्रियाको यादमा सराबी बोतल,धोकेर बस्या छु
मर्दैछु चाँडै रगत को छिल्का, खोकेर बस्या छु

सुन्दैछु उनी म सङ्ग कुरा , गर्दिन भन्छिन रे
म भने उनी भेट्नलाई सास , रोकेर बस्या छु

प्रियाको यादमा सराबी बोतल,धोकेर बस्या छु
मर्दैछु चाँडै रगत को छिल्का, खोकेर बस्या छु

जुन दिन नजरमा नजर कै प्रहार भा'थ्यो
मुटुमा छट्पटी अनि हतार भा'थ्यो

ठोक्किन्थ्यो नजर मुस्कुराउथी उनी
जुध्ने जुधाउने प्रकृया बारम्बार भा'थ्यो
धप्प बल्ने बालुवामा, गैटि ब्याल्च्या हान्दैछु म
बल्ल अ।ज दुख पिडा, के हो भनि जान्दैछु म ।।

पसिनाको मुल छुट्छ, फुर्सद् कहाँ छर पुछ्न
मुर्छा परि बालुवामै , लामो श्वाश तान्दैछु म।।

आउ अब फूलबारी गोड भन्दिनँ।
सुखी तिम्रो घरबार तोड भन्दिनँ।१।

सुमधुर तिम्रो नाता स्वार्थी बनेर।
तिमीलाई परिवार छोड भन्दिनँ।२।

सच्चा प्यार गरेकोछु मैले तिमीमा।
मेरो नाता जिन्दगानी जोड भन्दिनँ।३।

लिनु मात्र हैन माया दिनु पनि हो।
त्यसैले म जिन्दगानी मोड भन्दिनँ।४।

रहनु है हाँसी खुसी अब तिमीले।
मणि युक्त चुन्द्रि मेरो ओड भन्दिनँ।५।

Categories

Unordered List

Sample Text

Writter @ Ramkumar Khadka "Yatree". Powered by Blogger.

Followers

Popular Posts

Popular Posts

Recent Posts

Text Widget