Saturday 23 March 2013

संसारको अन्त्य सम्म हाम्रो माया बाची रहोस
मुटु भित्र छाती भरि माया प्रिती साची रहोस //

यदि तिम्ले खोज्यौ भने मेरा सामु उदाहरण नि
देखाउन त्यति बेला जोडी ढुकुर नाची रहोस //

उपचार हुन्न कतै दुनियामा माया पिरती /
कस्तो छ त बुज्न लाई आत्माले जाची रहोस //

छुटाउन हाम्रो साथ बैरी हरु लाउदा खेरि
देउताले उन्का सबै खुट्टा हरु भाची रहोस //

Monday 18 March 2013

बल्झिएर अतित मेरो पाटो जिन्दगीको ।
कोट्याउदैछु घाउ आज खाटो जिन्दगीको ।

शहरमा हुर्किएकी मत गाउ भित्र ।
फरक र यो मैले खाने आटो जिन्दगीको ।

रोपनेलेनै जान्नु पर्ने फुल फुलाउन ।
मिल्नु पर्छ पानी गोबर माटो जिन्दगीको ।

जोडिएर भागय रेखा छुट्यो सम्ब्न्धको ।
आज यस्थो कथा बन्यो लाटो जिन्दगीको ।

पिरतिको खेल जबा बुजे उन्को ।
छुट्टा छुट्टै भयो अनि बाटो जिन्दगीको ।

Saturday 16 March 2013

खै काहाँबाट शुरु गरौँ मेरा भावनाहरु, सायद कसैको लागि यो मेरा पहिलो र अन्तिम पत्र होला । यो पत्र च्यातेर फाल्नु अगाडि तिमी एकपटक मेरो भावनालाई बुझ्ने प्रयास गर । सम्बोधन गर्दिन म तिमीलाई , प्रिये भनु भने यो मनले मान्दैन ।
हराई रहेछु म सपनाको संसारमा तिमी मेरो सपनाको एक मुख्य पात्र हौ । तिमी बिनाको मेरो सपना अधुरो रहनेछ । आज मलाई यो के भैरहेको छ खै, कसरी म आफ्ना मनका भावना व्यक्त गरौँ ? म तिमीलाई एकदमै माया गर्छु । कहिलेदेखी र किन भन्ने प्रश्न को उतर मसँग छैन ।
मसँग छ त्यो सुर्यको किरण जुन हिँउले ढाकिएको पहाड आइ ठोकिएको छ, हो तिमी मेरो किरण हौ । म यो सानो कागजको टुक्रामा आफ्नोमनको बह पोख्दै छु । तिमीलाई सम्झेर मैले यो कागजमा के के लेखेँ आफैलाई थाहा छैन ।
संसारलाई बिर्सिसकेँ तिम्रो यादमा,रचीसकेँ प्रितका गितहरु । थाहा छैन आज यो सब किन भैरहेको छ । साहित्य आफै प्रस्फुटीत हुदा रहेछन् । जुन मानिस प्रेममा पर्छ,उस्ले आफनो मायालाई सम्झेर के के लेख्छ के के आफैलाई थाहा हुदैन भन्नेत सुनेको थिए तर मैले सुनेको कुरा सही रहेछभन्ने लागिरहेको छ । आज आकासरुपी यो सुनसान शान्त छानो र चम्किला ताराहरुको माँझमा बसेर सम्झदै छु । त्यही क्षण र त्यही मायालु अनुहारलाई। थाहा छैन आफैलाई यो के भैरहेको भनेर ।
I don’t know others existing in this world but only I love you, please don’t break my heart. Because I have totally sacrificed my life towards you. I only know you. I am ready for waiting you decades.
थाहा छैन तिमीले यो पत्र पढेर के सोच्ने छ्यौ, सायद मलाई नै सम्झीरहेकी या हुनेछौ, तिमी मेरो हरेक धड्कनसँगै धड्कीरहेकी छौ ।तिमी मेरो मुटुमा कैद छौ । मेरो मुटुको प्रत्येक धड्कनले तिमीलाई पुकारीरहेछ । म तिमीलाई आफुभित्रै राख्न चाहान्छु । यदि तिमी आफुलाई खोज्न चाहान्छौ भने आउ म देखाउनेछु तिमी काँहा छौ मेरो जिन्दगीमा भनेर । तिमी मेरो मन, मुटु,मस्तिष्क अनि मेरो रक्तकणमा नशा झै घोलिएर मेरो जिवनमा छाएकी छ्यौ । मेरो जिवमा तिमी केवल आफुलाई पाउनेछौ मात्र आफुलाई ।
कति लेखु, जति लेखेपनि थाक्दैनन यी औलाहरु,अनि सकिदैनन मेरो मत्रभित्रबाट तिम्रा निम्ती जन्मिएका मायाप्रेमका शब्दहरु । Pleas e मेरो भावनालाई नटुक्राउ ल यदि तिमी मलाई चाहदैनौ भने म जानेछु धेरै टाढा तिमी जिवनबाट कुनै अपरिचित मायालु बनेर । जति कुरा लेखे पनि प्रत्येक शब्ले भनि रहेको छ कि I Love You , के तिमी मलाइ माया गर्छौ, तिम्रो निर्णयले नै मेरो जीवनको बाटो निर्धारण गर्नेछ ।
तिम्रो जवाफको प्रतिक्षामा........................................................

Wednesday 6 March 2013

मत भन्छु केटी लाई साथी नबनाउ,
नाना भाती भनि कहिले माथी नबनाउ,

फोकटको प्रसंसा र झुटो बातले
घमन्डिलाई कहिले पनि जाती नबनाउ,

मत भन्छु केटी लाई साथी नबनाउ,
नाना भाती भनि कहिले माथी नबनाउ,

Admin

Categories

Unordered List

Sample Text

Writter @ Ramkumar Khadka "Yatree". Powered by Blogger.

Followers

Popular Posts

Popular Posts

Recent Posts

Text Widget