Monday, 3 June 2013

गजल

भित्र भित्रै धोका दिने वफादारलाई देखेको छु
बगलीमा छुरा बोक्ने सदाचारलाई देखेको छु

सिर्जनालाई चोरी गर्दै राखेकाछन् नाम आफ्नै
यस्ता जाली छद्मभेषी गज़लकारलाई देखेको छु

फुर्तिला र रवाफिला सम्पन्न झैं लाग्छन सधैँ
हृदयका हरिकङ्गाल नाङ्गेझारलाई देखेको छु

कुविचारले हिंडेका छन् लाज शरम बिर्सिएर
कूलमै आगो लगाउने कुलङ्घारलाई देखेको छु

मनै दुख्ने फट्याईंले ढाक्न खोज्यो जताततै
षड्यन्त्रले भरिएको व्यवहारलाई देखेको छु

कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल:- न्युयोर्क, अमेरिका

0 comments:

Post a Comment

Categories

Unordered List

Sample Text

Writter @ Ramkumar Khadka "Yatree". Powered by Blogger.

Followers

Popular Posts

Popular Posts

Recent Posts

Text Widget