आकाश गड्गडाउन थाल्यो माले तारे दाउनु पर्छ,
मुग्लान पस्या ठुले शाने स्नदेस तिम्ले आउनु पर्छ..।
मानो खाई मुरी ल्याउने हेर आयो है समय,
ह!ह!माले ह!ह!तारे यस्पाली नी गाउनु पर्छ..।
बउसे गर्दै रोपार संग हिलो छ्याप्नको मज्जा छ,
एक्लिएकी सांईली माईली संग प्रित लाउनु पर्छ..।
बुढा बाबा हलो बोकी कति धाउन लेक बेंशी,
बुढेशकालका ति बाबाले अब पालो पाउनु पर्छ..।
सुखका दिन छैनन् होला धुरी हेर्दै भन्छिन आमा,
यस्पालीको बर्खा संगै चुईया छानो छाउनु पर्छ..।
शान्तिनगर~एक
जुनेली वस्ती,
Saturday, 28 June 2014
Sunday, 22 June 2014
03:11
Unknown
muktak
No comments
चौतारी सम्झ्यौ मनको भारी बिसाएर गयौ ।
फिस्स हास्यौ थोरै माया मिसाएर गयौ ।
खेल्नु खेल्यौ जवानीमा प्यासी बनि खेल्यौ ।
आफ्नो स्वार्थ पुरा गर्यौ अनि रिसाएर गयौ ।
थापा ज्ञान
गोर्खा ,10 नयाँ गाउँ
हाल मलेसिया । ।
03:03
Unknown
No comments
सरुवा गरेपछि रमाना त दिनुपर्थ्यो
जानलाई अर्को कुनै ठेगाना त दिनुपर्थ्यो
कति सजिलै भुलिदेउ मात्र भन्यौ
भुल्नलाई एउटा सानो बहाना त दिनुपर्थ्यो
heera rana
sahalkot 9 palpa
02:55
Unknown
muktak
No comments
तिमीले दिएको उपहार , आँशुको मीत भएको छु !
विहानी मै बिलाएर , जाने शीत भएको छु !!
पहिले आश अनि फेरी , त्राश फैलाएर गयौ ,
"मायाँ"भन्ने शब्द बाटै , भयभीत भएको छु !!!
बिकास गिरी'दु:खी'
गोरखा , हाल: मलेशिया
02:46
Unknown
muktak
No comments
कसरी भनौँ आँशुको,प्रवाह दिएर गई॥
गई ऊ दिलमा चोट, अथाह दिएर गई॥
जसलाई बिर्सन मृत्यु,मात्र यौटा उपाय छ॥
उसैले आज भुल भन्नेे,सल्लाह दिएर गई॥
............००० माधव पोख्रेल अनुराग
............... देवघाटधाम तनहूँ
Friday, 20 June 2014
18:24
Unknown
muktak
No comments
छानो टाल्छु भनि परदेश, पसेको छु आमा !!
चर्को गर्मी सहेर नि, बसेको छु आमा !!
अर्को साल त दशैं तिहार, सगैँ मनाउँला !!
यसपाली त मजबुरीमा फसेको छु आमा !!
~सुन्दर शेर्पाली"बिन्दास"
रुँघा २ घनखोला रुकुम
हाल भारत
18:22
Unknown
muktak
No comments
माया गर्दा तमसुक पत्र लिइन थालियोस,
धोका दिनेहरुको अधिक मत्रा खिइन थालियोस,
बिछोडको पिडामा पागल भए अनि कति मरे यहाँ,
धोका दिनेलाइ जन्मकैद सजाय दिइन थालियोस।
इराक लिम्बू पुर्बेली कान्छा
दानाबारी-1,इलाम
हाल:-सान्ने-7,र मिते धन्कुटा
18:19
Unknown
muktak
No comments
तीमी प्यार बुझदैनौ अनी ईन्कार बुझदैनौ।
प्रेम हो जिबनको अमुल्य उपहार बुझदैनो।
घमन्ड ले के गछौ अरुको दिल दुखाई।
लागछ ठकर नखाई जिबनको सार बुझदैनौ।
#Rupa
18:16
Unknown
muktak
2 comments
कलियुगको प्रेम अजै खास हुदैछ,,
प्रेमि प्रमिका छुटेपछि बल्र ऐहेशास हुदैछ,,
किन होला मान्छेको मन यति धेरै परिवर्तन भइरहने????
त्यसैले त कयौंको यहाँ शोर्गबाश हुदैछ,,
रबिना अधिकारी हेटौँडा 11 नवलपुर
18:13
Unknown
muktak
No comments
सक्छौ भने खुसीको; भन्डार किनेर देखाऊ।
जन्माउने मार्ने; अधिकार किनेर देखाऊ॥
के कती खरिद गर्न; सक्छ तिम्रो दौलतले?
आमाबाबु, ईज्यत; या प्यार किनेर देखाऊ॥
सागर'सहयात्री'
रामनगर-6. केरवानी
नवलपरासी।
18:12
Unknown
muktak
No comments
तिमीले दिएको उपहार , आँशुको मीत भएको छु !
विहानी मै बिलाएर , जाने शीत भएको छु !!
पहिले आश अनि फेरी , त्राश फैलाएर गयौ ,
"मायाँ"भन्ने शब्द बाटै , भयभीत भएको छु !!!
बिकास गिरी'दु:खी'
गोरखा , हाल: मलेशिया
18:10
Unknown
muktak
No comments
छैन अब घातीलाइ , प्रवेश छैन दिल भित्र
शासक बन्न नखोज , देश छैन दिलभित्र
कस्ले पठायो र फेरी , आयौ नाटक गर्न ?
मारी सकें मायाको , अबशेष छैन दिल भित्र
छैन अब घातीलाइ , प्रवेश छैन दिल भित्र
शासक बन्न नखोज , देश छैन दिलभित्र
सबिना अधिकारी
मुच्चोक 6 गोरखा
हाल क्षेत्रपुर चितवन
18:08
Unknown
muktak
No comments
कसरी भनौँ आँशुको,प्रवाह दिएर गई॥
गई ऊ दिलमा चोट, अथाह दिएर गई॥
जसलाई बिर्सन मृत्यु,मात्र यौटा उपाय छ॥
उसैले आज भुल भन्नेे,सल्लाह दिएर गई॥
............००० माधव पोख्रेल अनुराग
............... देवघाटधाम तनहूँ
18:06
Unknown
muktak
No comments
गरिब देखेर अनि कंगाल देखेर हो ।।
यता भन्दा उता मालामाल देखेर हो ।।
उस्ले मलाई त्याग्नुको कारण छ साथि ।
हाम्रो घरको ठूलै अनिकाल देखेर हो ।।
विक्रम पाण्डे समान्ता
सन्धिखर्क नगरपालिका १५ डिभर्ना
अर्घाखाँची , नेपाल
18:04
Unknown
muktak
No comments
बगेको खोला फ़र्किएला अलग कुरा हो
समयले कसैलाई पर्खिएला अलग कुरा हो
हेर्दै जाउ पत्थर कदापी पग्लिने छैन
हो कुनै दिन चर्किएला अलग कुरा हो
नकुल पौडेल
देवदह नगरपालिका, रुपन्देही
हाल दोहा कतार
Subscribe to:
Comments (Atom)



