आकाश गड्गडाउन थाल्यो माले तारे दाउनु पर्छ,
मुग्लान पस्या ठुले शाने स्नदेस तिम्ले आउनु पर्छ..।
मानो खाई मुरी ल्याउने हेर आयो है समय,
ह!ह!माले ह!ह!तारे यस्पाली नी गाउनु पर्छ..।
बउसे गर्दै रोपार संग हिलो छ्याप्नको मज्जा छ,
एक्लिएकी सांईली माईली संग प्रित लाउनु पर्छ..।
बुढा बाबा हलो बोकी कति धाउन लेक बेंशी,
बुढेशकालका ति बाबाले अब पालो पाउनु पर्छ..।
सुखका दिन छैनन् होला धुरी हेर्दै भन्छिन आमा,
यस्पालीको बर्खा संगै चुईया छानो छाउनु पर्छ..।
शान्तिनगर~एक
जुनेली वस्ती,
Saturday, 28 June 2014
Subscribe to:
Post Comments (Atom)


Comment Here
ReplyDelete