चैतमासको खडेरीमा ढल्न नजानेर।
पर्खाइको तुफानसँगै चल्न नजानेर॥
झट्का र लातहरु पाइरहे सधै।
मौसमको मागसँगै फल्न नजानेर॥
असिनाले चुटेको फुलजस्तै भा'छु म त।
रानो छुटेको मौरीको हुल जस्तै भा'छु म त॥
दिन्छु भन्नेले साथ गरेपछि घात।
चैतमास सुकेको मुलजस्तै भा'छु म त॥ -
Tek Raj Bhattarai from Tulsipur Dang


0 comments:
Post a Comment