आउ अब फूलबारी गोड भन्दिनँ।
सुखी तिम्रो घरबार तोड भन्दिनँ।१।
सुमधुर तिम्रो नाता स्वार्थी बनेर।
तिमीलाई परिवार छोड भन्दिनँ।२।
सच्चा प्यार गरेकोछु मैले तिमीमा।
मेरो नाता जिन्दगानी जोड भन्दिनँ।३।
लिनु मात्र हैन माया दिनु पनि हो।
त्यसैले म जिन्दगानी मोड भन्दिनँ।४।
रहनु है हाँसी खुसी अब तिमीले।
मणि युक्त चुन्द्रि मेरो ओड भन्दिनँ।५।
Thursday, 2 May 2013
Subscribe to:
Post Comments (Atom)


0 comments:
Post a Comment