न रच्दै खुसीको कहानी हरायो
सुबिस्ता र हाँसो नजानी हरायो
अभावै अभावले सतायो असाध्यै
निरन्तर दुखैमा जवानी हरायो
अधिक छटपटीमा बिते रात सारा
सधैँ स्नेह बाँड्ने सिरानी हरायो
जता हेर्छु शून्यै भयो देख्छु कालो
नयनको उज्यालो र नानी हरायो
कयौँ वर्ष "कोमल" दिलैमा बसेथ्यो
सरस प्रेम छर्ने निसानी हरायो
कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल:- न्युयोर्क, अमेरिका


0 comments:
Post a Comment