Monday, 3 June 2013

यो नयाँ वर्ष हाँसेर आओस मेरो छ कामना
प्रेमको माला गाँसेर आओस मेरो छ कामना

स्वार्थको बोट ढलेर जाओस कुविचार हराओस
सङ्कष्ट जति मासेर आओस मेरो छ कामना

हत्या र हिँसा बलात्कार अनि हरणभो धेरैको
पैशाचिक चाला नासेर आओस मेरो छ कामना

कुकर्मी मिली डुवाये देश आफू चाँहि बनेर
यी सबै घातक छाँसेर आओस मेरो छ कामना

दाजु र भाइ,दिदि र बहिनी,स्वदेस र बिदेशमा
शुभको शन्देस टाँसेर आओस मेरो छ कामना

यो नयाँ वर्ष हाँसेर आओस मेरो छ कामना
प्रेमको माला गाँसेर आओस मेरो छ कामना

कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ

0 comments:

Post a Comment

Categories

Unordered List

Sample Text

Writter @ Ramkumar Khadka "Yatree". Powered by Blogger.

Followers

Popular Posts

Popular Posts

Recent Posts

Text Widget